१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १४ बुधबार ०७:४१:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा त्रिविका स्कलर नैनसिंह महरलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १४ बुधबार ०७:४१:००

त्रिविको क्यालेन्डर लागू नहुनुमा विद्यार्थी राजनीति कति जिम्मेवार छ ?
हाम्रो राजनीतिक नेतृत्वले शिक्षा, स्वास्थ्यजस्ता विषयलाई गलत ढंगले बुझे । सबैले राजनीति भनेको चनाव जित्ने र पदमा बस्ने मात्र हो भन्ने बुझे । स्थापनाकालयताको पछिल्लो समयमा त्रिवि ¥यांकिङमा पनि तल झरेको छ । मेडिकल, इन्जिनियरिङ, कृषिजस्ता सीमित विषयबाहेक अन्यमा त्रिवि र यसका आंगिक क्याम्पसमा आकर्षण र विश्वास दुवै छैन । हुनेखानेले त्रिवि रोज्दैनन् । सर्वसाधारणका सन्तानले मात्र पढ्ने संस्था भएपछि त्रिविप्रति राजनीतिक नेतृत्वदेखि त्रिवि पदाधिकारी स्वयंको ध्यान गएन । त्यसैले, त्रिवि अलपत्र परेको हो । विद्यार्थी राजनीतिले गर्दा क्यालेन्डर लागू नभएको होइन । 

त्रिवि शैक्षिक क्यालेन्डर बनाउँदै छ । यसमा के सुझाव दिनुहुन्छ ?
म नेविसंघ अध्यक्ष हुँदा त्रिविको उपकुलपतिदेखि आंगिक क्याम्पसका सहायक क्याम्पस प्रमुखसम्मका सम्पूर्ण पदाधिकारी खुला प्रतिस्पर्धाबाट छानिनुपर्छ भन्ने माग गरेको थिएँ । अहिले कर्मकाण्डी नै भए पनि उपकुलपति नियुक्तिबाट सुरुवात भएको छ । यसलाई थोरै सकारात्मक मान्नुपर्छ । नयाँ नेतृत्वले क्यालेन्डर बनाउँदा त्रिविका प्राध्यापक, कर्मचारी, विद्यार्थी सबैको मन जितेर मात्र पुग्दैन । उसले आफूलाई नियुक्त गर्ने दल र नेतृत्वसँगै अन्य राजनीतिक दलहरूको समेत प्रतिबद्धता लिएर काम गर्नुपर्छ । 

नयाँ उपकुलपतिले आफ्नो ‘च्वाइस’का पदाधिकारी भए मात्र सुधार सम्भव छ भन्नुभएको छ नि ?
समान्य रूपमा हेर्दा उपकुलपतिले आफ्नो टिम आफैँ बनाउन पाउनुपर्छ भन्नुलाई अन्यथा मान्न सकिन्न । तर, आफूले चाहेजस्तो टिम बनाउँदैमा मात्र चल्ने अवस्था भने छैन । त्रिविको धरातलीय यथार्थ त्यस्तो देखिन्न ।