१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
दीपेश पछाई लुम्बिनी
२०८० चैत १३ मंगलबार २३:१९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी होटल संघबाट मायादेवी मन्दिरपरिसरमा मन्त्रोचारण र १०८ दीप प्रज्वलन 

Read Time : > 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
२०८० चैत १३ मंगलबार २३:१९:००

लुम्बिनी होटल संघले मायादेवी मन्दिरपरिसरमा मन्त्रोचारणसहित १०८ दीप प्रज्वलन गरेको छ । 

लुम्बिनी विकास कोषका कर्मचारी र पदाधिकारीहरुको सदबुद्धि पलाओस् भन्दै दीप प्रज्वलन गरेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

लुम्बिनीभित्र रहेका बिहार÷गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावनाविपरीत होटलसरह सेवा संचालन गर्दा पनि कोष मौन रहेको अध्यक्ष ज्ञवालीको भनाइ छ । 

लुम्बिनी होटल संघले यसअगाडि कोषमा ज्ञापनपत्र बुझाउँदै एक साताभित्र बिहार क्षेत्रमा रहेका गुम्बाहरुले संचालन गर्ने व्यावसायिक गतिविधि बन्द नगरे चरणबद्ध आन्दोलनदेखि आत्मदाह गर्नेसम्मको चेतावनी दिएको थियो । 

होटल संघको ज्ञापनपत्रलाई सम्बोधन गर्दै आइतबार लुम्बिनी विकास कोषले लुम्बिनीभित्र रहेका बिहारहरुलाई बिहार क्षेत्र विनियमावली २०५८ अनुसार नियमित रुपमा विदेशी नागरिकको विवरण र नयाँ आउने विदेशी नागरिकको विवरण कोषमा बुझाउनुसमेत पत्रमा आग्रह गरे पनि मन्दिरहरुले बेवास्ता गर्दै आएको र कोषका कर्मचारी र पदाधिकारीहरुले पनि चासो नराखेकाले चरणबद्ध आन्दोलनको सुरुवातसहित मन्दिरबाट दीप प्रज्वलनसहित आन्दोलनको सुरुवात गरेको संघका महासचिव पुरुषोत्तम अर्यालले बताए ।  

लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि पाँचजना भिक्षु भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप पाँचजना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्तिकेन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि ९९ बर्षका लागी जग्गा उपलब्ध गराइएको थियो ।

बौद्ध विहार÷गुम्बा, ध्यान केन्द्रहरु निर्माण भै सञ्चालनमा रहेको अवस्थामा हालका दिनहरुमा  विहार÷गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्मविपरीत होटल सरहका कोठाहरु तयार गरेर व्यापारिक प्रयोजनले पर्यटकहरु राखिएको भन्दै लुम्बिनी होटल संघ नेपालले कोषमा ज्ञापन पत्र बुझाएको थियो ।

एक साताभित्र समस्या समाधान गर्न अल्टिमेटम दिँदै आएकोमा दुई साता बितिसक्दा पनि लुम्बिनी विकास कोषले चासो नदेखाएको भन्दै होटल संघ बुधबारदेखि शान्तिपूर्ण आन्दोलनमा जानुपूर्व मंगलबार मायादेवी मन्दिरपरिसरमा ध्यान, मन्त्रोचारण र एक सय ८ दीप प्रज्वलन गरेको होटल संघले जनाएको छ । ‘अबको हाम्रो आन्दोलन गरिखान देउ भन्ने नाराका साथ सुरु भएको छ,’ लुम्बिनी होटल संघका अध्यक्ष ज्ञवालीले भने ।