१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सबैलाई एकताबद्ध गर्दै कानुन निर्माणमा भूमिका खेल्छु : अध्यक्ष दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:o४:oo

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंगाे राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रिय सभाको भएको बताएका छन्।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रिय सभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने बताए। 

उनले भने, ‘सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण छ।’ तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा संघीय सरकारलाई सहयोगी बन्ने उनको भनाइ थियो।

संविधानले राष्ट्रिय सभालाई दिएको अधिकार र दायराबारे आमजनमानसमा जानकारी गराउन अफ्नो कार्यकाल फलदायी हुने विश्वास उनले व्यक्त गरे।

राष्ट्रिय सभालाई अहिले प्रतिनिधिसभाको छायाका रूपमा लिने गरिएको भन्दै उनले त्यस्तो नभएको बताए। अहिलेको संविधान कार्यान्वयनका लागि धेरै कानुन बन्न आवश्यक रहेको बताउँदै उनले ती कानुन बनाउन सरकारलाई झकझक्याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

भरतपुर महानगरपलिकाले गरेको विकासको प्रशंसा गर्दै उनले समग्र चितवनको विकासमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए। कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सभाले भूमिका खेल्नुपर्नेमा जोड दिइन् 

संविधान कार्यान्वयनका कुरामा ध्यान दिँदै स्थानीय तहका बाधा हटाउन सहयोग गर्न उनले आग्रह गरे। राज्य र जनताको पक्षमा गरेको योगदानको मूल्यांकन भएको भन्दै उनले समग्र जनताको हित र संविधान रक्षाका सवालमा राष्ट्रिय सभा अब्बल साबित हुनुपर्ने बताए। 

ad
ad