Skip This
नौमती बाजा बजाउन तालिम लिँदै आमाहरू 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १३ मंगलबार
  • Friday, 16 May, 2025
२o८o चैत १३ मंगलबार ११:४o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नौमती बाजा बजाउन तालिम लिँदै आमाहरू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १३ मंगलबार ११:४o:oo

बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन्। यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन्।

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्। 

विवाह, व्रतबन्धलागयत अन्य सामाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उनकाे भनाइ छ। 

चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उनले बताइन्। कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन्। 

बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताइन्। रासस