
म्याग्दीको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका– ८, नागी–राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर पाँच सय मिटर कालोपत्र भएको छ ।
संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका– ३, माझफाँटको भुरतुलादेखि वडा नं. ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो ।
दुई लेनको यो सडकको एक किलोमिटर चार सय मिटर ढलान भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो । जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ ।