१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सेवानिवृत्त १२ सचिवलाई प्रधानमन्त्रीले गरे बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:५२:oo

लामो समय राष्ट्रसेवामा संलग्न भई सचिव पदबाट सेवानिवृत्त भएका कर्मचारीको आज बिदाइ गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस आर्थिक वर्षमा सेवानिवृत्त भएका १२ सचिवलाई दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ गरे । 

सेवानिवृत्त हुने सचिवहरूमा यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाईं, केवलप्रसाद भण्डारीलगायतलाई प्रधानमन्त्रीले बिदाइ गरेका हुन् । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उच्च नेतृत्वसम्म रहेर हासिल गरेका अनुभव र विज्ञता राज्यले सदुपयोग गर्ने बताए । 

सेवानिवृत्त सचिव गुरागाईंले आफूहरूले कुनै पनि दबाब र प्रभावमा नपरीकन निरन्तर राष्ट्रको सेवा गर्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले आगामी दिनमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूमा देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

ad
ad