१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से दोहोरो अंकले घट्यो, साढे दुई अर्बको सेयर कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:५१:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १७.०१ अंकले घटेर दुई हजार ३१.५५ को विन्दुमा कायम भएको छ।

आज तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता सेयर ४४ हजार दुई सय ३६ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ।

होटेल तथा पर्यटन समूह ०.४५, उत्पादन तथा प्रशोधन २.१९, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.३० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ १.२२, विकास बैंक १.४९, वित्त ०.८५, जलविद्युत् १.१२ र लगानी समूह ०.३६ प्रतिशतले घटेको छ। त्यसैगरी, जीवन बिमा समूह ०.९६, उत्पादन २.२५, निर्जीवन बिमा ०.७७ र अन्य समूह ०.५४ प्रतिशतले घटेको छ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ। त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै गोर्खाज फाइनान्स लिमिटेडको रु. २८ करोड ९० लाख २५ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ। रासस

ad
ad