१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार २o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि लिखु भुजी रामेछाप युवा क्लबले जित्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:५५:oo

लिखु भुजी रामेछाप युवा क्लब (एलबिआरवाइसी) ले ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ। काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८–२ गोलअन्तरले पराजित गर्दै एलबिआरवाइसीले उपाधि जितेको हो। 

लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा) ले तेस्रो स्थान हासिल गरेको छ। साथीको चिया अड्डालाई ६–४ गोल अन्तरले पराजित गर्दै लिभुराले तेस्रो स्थान हासिल गरेको हो।

उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब (एलबिआवाइसी) ले सिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ। दोस्रो भएको अखिल क्रान्तिकारीले ३० हजार र तेस्रो भएको लिभुराले २० हजार रुपैयाँ, मेडल पुरस्कार प्राप्त गरेका छन्। 

रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्लाका १७ टोलीको सहभागिता थियो। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा शनिबार र आइतबार खेल सञ्चालन गरिएको थियो। 

रामेछाप जिल्लाबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो। 

ad
ad