१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एन्ड्रिकको कीर्तिमानी गोलमा इंग्ल्यान्डमाथि ब्राजिलको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:२८:oo

एन्ड्रिकको कीर्तिमानी गोलको मद्दतमा ब्राजिलले मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डमाथि १–० गोलको जित निकालेको छ। ब्राजिलले इंग्ल्यान्डलाई घरमै हराएको हो। 

बेम्बली स्टेडियम लन्डनमा भएको खेलमा एन्ड्रिकले ब्राजिलका लागि सबैभन्दा कम उमेरमा राष्ट्रिय टिमका लागि अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाए। ७१औँ मिनेटमा मैदान प्रवेश गरेका एन्ड्रिकले ८०औँ मिनेटमा कीर्तिमानी गोल गरेका थिए। 

एन्ड्रिकले १७ वर्ष २४६ दिनमा यो कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान रोनाल्डोको नाममा थियो। उनले सन् १९९४ मा कम उमेरमा पहिलो गोलको कीर्तिमान बनाएका थिए। एन्ड्रिकले आफ्नो तेस्रो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्। 

खेलको पूरा अवधि भने इंग्ल्यान्डले अधिकांश समय बलमाथि नियन्त्रण कामय गरेको थियो। इंग्ल्यान्डका प्रहारमा ब्राजिली गोलरक्षक बेन्टोले मुख्यबाधक बनेका थिए। जितसँगै ब्राजिलको लगातार चार जितविहीन यात्रा अन्त्य भएको छ। 

ad
ad