१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format २२:o४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

शताब्दी घरमा स्वतन्त्रता संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:o४:oo

एक्काइसौँ शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ?
कुश्मा कला परियोजनाअन्तर्गत पर्वत कुश्माको तीन सय वर्ष पुरानो ’शताब्दी घर’मा शनिबार यिनै विषयमा विमर्श गरिएको छ। 

लेखक-अनुवादक रोहेज खतिवडाको अनुवाद-सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमाथि कार्यक्रममा परिचर्चा गरिएको हो। 

निगरानी र स्वतन्त्रताबीचको दूरी कति छ? सहजकर्ता पत्रकार दीपक सापकोटाको प्रश्नमा खतिवडाले यी दुवै समानान्तर रेखामा अगाडि बढ्ने भए तापनि हामीले स्वतन्त्रतालाई थप समृद्ध बनाउन प्रयास गरिरहनुपर्ने बताए।

२१ औँ शताब्दीमा इन्टरनेटको विकासपछि संसारको अर्थ–राजनीति र राजनीतिमा पारेको प्रभावबारे विमर्श गरियो।

विमर्श कार्यक्रममा कथाकुथुंग्री समूहले युबल नोहा हरारीको निबन्ध ‘एकदिन हामी मृत्युलाई जित्नेछौँ’ वाचन गरेको थियो। कथाकुथुंग्रीमा सारस, भेनिषा र सौरभलगायत छन्।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यस पुस्तकमा हरारी, यानिस भारुफाकिस, अरुन्धती रोगलगायतका निबन्ध समावेश छन्।
कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले भने, ‘सामाजिक रूपान्तरणका लागि हामी बौद्धिक विमर्शका यस्ता कार्यक्रमा आगामी दिनमा पनि गरिरहनेछौँ।’

यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा कवि देवव्रतको कविता वाचन भएको थियो। उनले आफ्नो कविता किताब ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’बाट ‘हामी’, ‘कोठा’, ‘कर्णाली’ लगायत कविताहरू वाचन गरेका थिए।