मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले गठन गरे नाै विभाग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीका नाैवटा विभाग गठन गर्दै जिम्मेवारीसमेत तोकेका छन्। सभापति बानियाँले प्रदेश कार्यसमितिका सदस्य प्रमुख रहने गरी नाैवटा विभाग गठन गरेका हुन्।

कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालका अनुसार सभापति बानियाँले सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग, शुभेच्छुक संस्था समन्वय विभाग, अभिलेख अनुगमन तथा मूल्यांकन विभाग, जल, ऊर्जा तथा प्राकृतिक स्राेत विभाग, शान्ति सुरक्षा तथा प्रशासन विभाग गठन गरेका छन्।

यस्तै, द्वन्द्व व्यवस्थापन विभाग, अन्य पार्टी सम्पर्क विभाग, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभाग, कृषि तथा भूमिसुधार विभाग र वैदेशिक रोजगार समन्वय विभाग गरी सभापति बानियाँले नाैवटा विभाग गठन गरेका हुन्।

सूचना, सञ्चार तथा प्रचारप्रसार विभागमा प्रदीप कोइरालालाई प्रमुखको जिम्मेवारी दिइएको छ भने शुभेच्छुक संस्था समन्वय विभागमा उज्ज्वलराज घिमिरे, अभिलेख अनुगमन तथा मूल्यांकन विभागमा सुमनराज कार्की, जल, ऊर्जा तथा प्राकृतिक स्राेत विभागमा गीता सिम्खडा र शाति सुरक्षा तथा प्रशासन विभागको प्रमुखमा रामेश्वरसिंह ओलीलाई जिम्मेवारी दिइएको छ।

यसैगरी, द्वन्द्व व्यवस्थापन विभागमा राजेश महर्जन, अन्य पार्टी सम्पर्क विभागमा धर्मराज अर्याल, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा विक्रम लामा र कृषि तथा भूमिसुधार विभागको प्रमुखमा कुमार दुलाललाई जिम्मेवारी दिइएको मुख्यसचिव नेपालले जानकारी दिए।