१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ३ बिहीबार १८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

अमरदीप सुनुवारको ‘दिनरात सधैँ सधैँ’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:o८:oo

कवि तथा गीतकार अमरदीप सुनुवारको शब्दमा नयाँ गीत ‘दिनरात सधैँ सधैँ’ सार्वजनिक भएको छ। उनले गीतको भिडियोलाई आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

गीतमा वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र  विनोद राईको स्वर रहेको छ।

सुनुवारले घरबाट टाढा रहँदाको क्षणको स्मरण गर्दै गीतको कथा बुनेका छन्। गीतमा आफू जन्मेको गाउँ, पुराना साथीहरू, छिमेक र आफन्तहरूलाई मज्जाले याद दिलाएका छन्।

उपसचिवसमेत रहेका सुनुवारले काभ्रेपलाञ्चोक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहँदा ‘लिखु खोलाको तिरैतिर’ बोलको गीत ल्याएका थिए। उनी ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर केही दिनअगाडि मात्र गृह मन्त्रालयमा सरुवा भएका छन्।

ad
ad