Skip This
एमाले जुम्लाको नवौँ अधिवेशन वैशाख दोस्रो साता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ७ बुधबार
  • Saturday, 27 July, 2024
२o८o चैत ७ बुधबार ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले जुम्लाको नवौँ अधिवेशन वैशाख दोस्रो साता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ७ बुधबार ११:१५:oo

नेकपा एमाले पार्टी जिल्ला कमिटी जुम्लाको नवौँ अधिवेशन आगामी वैशाख दोस्रो साता हुने भएको छ। जिल्ला पार्टी कार्यालय जुम्लामा मंगलबार बसेको ११औँ जिल्ला कमिटी बैठकले अधिवेशन ०८१ आगामी १५ र १६ वैशाखमा सदरमुकाम खलंगामा गर्ने निर्णय गरेको हो। 

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको एमाले जिल्ला अध्यक्ष शान्तिलाल महतले बताए। उनका अनुसार यसै बैठकमा एकीकृत समाजवादी पार्टीबाट समायोजन भएका ३४ जना नेता–कार्यकर्ताले जिल्ला कमिटीमा मनोनीत भएसँगै शपथग्रहण गरेका छन्। 

जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गर्न पार्टी अध्यक्ष महतको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको सचिवालय सदस्य अमरबहादुर रोकायाले बताए। उनले यसका लागि पाँचवटा उपसमिति पनि गठन भएकाे बताए।

प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, अतिथि सत्कार समिति र स्वयंसेवक समिति बनेका छन्। ‘पहिलो सहमतिमै हाम्रो जोड रहने भएकाले निर्वाचनमा जाने सोच कसैले पनि बनाउन हुँदैन। अहिले हामी संगठन विस्तारमा जुटेका छौँ,’ अध्यक्ष महतले भने, ‘०८४ मा हुने तीनै तहका निर्वाचन एमालेको पक्षमा पार्ने गरी पार्टीले रणनीति बनाउने हुँदा निर्वाचनमा गए समस्या हुने देखिन्छ।’

जिल्ला इन्चार्ज मोहन बानियाँ र केन्द्रीय सदस्य रतननाथ योगीको उपस्थितिमा सम्पन्न भएको बैठकमा अधिवेशनका लागि वडास्तरबाट प्रतिनिधि छनोटदेखि पार्टीलाई मजबुत बनाउने विविध विषयमा छलफल भएको नेकपा एमाले जुम्लाले जनाएको छ। 

प्रत्येक वडाबाट २० जना संगठित सदस्यबराबर एकजना खुला जिल्ला प्रतिनिधिमा छनोट भएर आउने निर्णय भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व सहमतिका आधारमा छनोट हुने विषयमा पनि बैठकमा छलफल भएको छ।