१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१७ चैतदेखि चितवनमा महिला नेतृत्व कृषि सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४३:oo

नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सिएनआई डब्लुएलएफ)को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन हुने भएको छ । आउँदो १७ र १८ चैतमा चितवनमा हुने सम्मेलन नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा गर्न लागिएको हो । 

‘कृषिको रूपान्तरणकारी भविष्य ः कृषिमा आधारित व्यवसायमा नवप्रवद्र्धन, दिगोपन र उद्यमशीलता’ मूल नाराका साथ आयोजना हुने कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएका छन् ।

सम्मेलनमा कृषिमा नवप्रवद्र्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रीकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

उत्पादनमूलक एवं सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले महिला नेतृत्व फोरममार्फत महिला उद्यमीहरूको सशक्तीकरण तथा प्रवद्र्धनका समेत काम गर्दै आएको छ । फोरमले समावेशी, सशक्तीकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकतामा राख्दै कृषिमा महिलालाई प्रोत्साहन, उनीहरूका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको अग्रवालको भनाइ छ । 

सम्मेलनपछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा सरकारलाई सुझाव पेस गरिने महिला नेतृत्व फोरम सभापति छाया शर्माले जानकारी दिइन् ।

सम्मेलनका क्रममै प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिको प्रदर्शनीसमेत गरिनेछ । सम्मेलनका सहयोगी संस्थाहरूमा युएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एग्री नेपाल, शिखर इन्स्योेरेन्स रहेका छन् । 

ad
ad