१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
श्रवण थापा सर्लाही
Invalid date format १३:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोलसहित दुईजना पक्राउ, खानतलासीका क्रममा गोली चल्दा दुई प्रहरी घाइते

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

बरहथवाबाट सर्लाही प्रहरीले हरियारसहित दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले सोमबार राति बरहथवा नगरपालिका- ६, मगर टोलाबाट हतियारसहित भारतको सीतामढी जिल्ला सैराहा ग्राम सैराहा बस्ने २८ वर्षको सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षका जितेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो। 

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो। 

बरहथवा क्षेत्रमा कोठा भाडामा बसेका उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवा र प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोलीले तैनाथ गरिएको थियो। रातको समयमा उनी बस्ने डेरामा प्रहरीले घेरा हालेर खानतलासी सुरु भएपछि प्रहरीमाथि गोली चलाएका थिए। 

प्रहरीले उनीहरूको साथबाट एक थान मेडइन युएसए लेखिएको पेस्तोल र ६ राउन्ड गोली र एक राउन्ड खोका बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए। 

यस्तै, पक्राउ परेकामध्ये एकजनालाई प्रहरीले चलाएको दुई राउन्ड गोलीसमेत लागेको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याउँदै गर्दा बसबरिया गाउँपालिका– ६, पोखरीयास्थित सडकमा एकजना अभियुक्त प्रहरीलाई धकेलेर भ्यानबाट हाम फालेर फरार भएका थिए। सोही क्रममा फरारमध्ये जितेन्द्रकुमार राउतलाई बायाँ घुँडा र दायाँ तिघ्रामा प्रहरीले चलाएको गोली लागेको हो।
 
घटनामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी जवान रमेश विश्वकर्मा र प्रहरी जवान दिपेश चौहानसमेत सामान्य घाइते भएका छन्। प्रहरीले उनीहरूले प्रयोग गर्ने गरेको भारतीय नम्बर प्लेट भएको बिआर ०६ एयू २०१८ नम्बरको एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ। 

सर्लाही प्रहरीका अनुसार उनीहरू भारतका विभिन्न स्थानमा भएको घटनामा संलग्न (मोस्ट वान्टेड) सूची रहेका व्यक्ति हुन्। भारतको मेजरगन्ज र सीतामढीमा उनीहरू दुई कर्तव्य ज्यान, एउटा लागुऔषध र एउटा हत्या प्रयास मुद्दामा संलग्न रहेको पाहिएको हो। यस्तै, नेपालका विभिन्न स्थानमा बैंक लुटपाटलगायतका  घटनामा समेत संलग्नको सूचनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।