१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फाइल फाेटाे ।
२o८१ जेठ २ बुधबार २१:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निसीखोला बस दुर्घटनाप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त

दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माणमा लाग्ने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २१:o९:oo

बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्। 
निसीखोला गाउँपालिका– ६ जाउलेपानी भन्ने स्थानमा आज साँझ बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना हुँदा सातजनाले ज्यान गुमाएका छन् । कम्तीमा २५ जना घाइते भएका छन्। 

‘रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बागलुङको निसीखोलामा दुर्घटनाग्रस्त भई सातजनाको मृत्यु र २५ जना यात्रु घाइते भएको खबरले दुःखी तुल्याएको छ। दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु।’ 

प्रधानमन्त्रीले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्नसमेत अनुरोध गरेका छन्।

ad
ad