१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रुसी सेनाबाट नेपालीको करार रद्द गर्न रुससँग सैद्धान्तिक सहमति : परराष्ट्रमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:o८:oo

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीको करार रद्द गर्न रुसी सरकारले सैद्धान्तिक सहमति जनाएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन्।

नेपाली दूतावास विदेश मन्त्रालयसँग नियमित सम्पर्कमा रहेर फलाेअप गरिरहेको बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले यसको मोडालिटी तय हुन भने बाँकी रहेको बताए।

‘नेपालमा रुसी राजदूतलाई भेटेर भर्ना नलिन, शव पठाउन, क्षतिपूर्ति दिन अनुरोध गरिएको छ। रुससँग संवादको परिणामस्वरूप क्षतिपूर्ति र बिमा रकम दिने प्रक्रिया अगाडि बढेको छ। मस्कोस्थित नेपाली राजदूतको खातामा आउनेछ भने राजदूतावासको कन्सुलरले परिवारलाई पठाउनेछ,’ उनले भने, ‘रुसी सेनामा भर्ना भएकालाई फिर्ता पठाउने सन्दर्भमा रुस सरकारले करार रद्द गर्न सैद्धान्तिक सहमति जनाएको छ। तर, मोडालिटी तय हुन बाँकी छ।’

यसैगरी रुसी सेनामा गएर युक्रेनमा युद्धबन्दी बनेका नेपालीलाई उद्धार गर्न आइसिआरसीको समन्वयमा पहल भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ। ‘मस्कोस्थित नेपाली राजदूतले रुसी विदेश मन्त्रालय र बर्लिनस्थित नेपाली राजदूतले युक्रेनको राजदूतसँग बन्दी रिहाइका लागि कुरा गरिरहेको छ । नेपाल सरकारको लगातारको पहलपछि युक्रेनमा युद्धबन्दी बनाएका नेपालीहरूको तस्बिर सार्वजनिक भएको छ । फिर्ता गर्न निरन्तर पहल भइरहेको छ,’ उनले भने।
 

ad
ad