१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ३ बिहीबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उम्मेदवारी दर्ता गर्न एक लाख ६० हजार 

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:३o:oo

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष पदमा मनोनयनपत्र दर्ता गर्न एक लाख ६० हजार रकम तोकिएको छ।

आज बिहान ११ बजेदेखि पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय निश्चित गरिएको छ। वर्तमान अध्यक्ष राजकुमार बस्नेतले दिएको जानकारीअनुसार ९-१० चैतमा सम्पन्न हुने संघको ११औँ अधिवेशनमा २४ पदका लागि मनोनयनपत्र दर्ता खुला गरिएको हो।

अध्यक्षमा हालसम्म चारजनाले दाबी गरेका छन्। बुद्धराज बस्नेत, शम्भु तिमल्सिना, सुमन खत्री  र अमृत कार्कीले उम्मेदवारी दिने भएका हुन्। अन्य पदका लागि पनि ठूलो रकम तोकिएको छ।

वरिष्ठ उपाध्यक्षका लागि एक लाख १५ हजार, प्रथम उपाध्यक्ष एक लाख एक हजार, द्वितीय उपाध्यक्ष ९०  हजार, तृतीय उपाध्यक्ष ८१ हजार, महासचिवका लागि ७५ हजार, सचिव पदका लागि ७० हजार, सहकोषाध्यक्ष ६० हजार र सदस्यका लागि २० हजार रुपैयाँ तोकिएको छ।

मनोनीत ६ पदसहित ३१ सदस्यीय कार्यसमिति चयन प्रक्रिया सुरु भएको छ। बाह्रबिसेस्थित संघको आफ्नै भवनमा अधिवेशन सुरु गरिएको हो। जहाँ दुई हजार पाँच सय साधारण सदस्य छन्। 

ad
ad