१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ गठबन्धनलाई प्रदेशमा सकस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:१o:oo

केन्द्रमा नयाँ समीकरणअनुसार सरकार गठन भए पनि प्रदेशमा भने अझै अन्योलता देखिएको छ । १५ दिन बितिसक्दा पनि केन्द्रको समीकरणअनुसार प्रदेशमा नयाँ सरकार अझै बन्न सकेको छैन । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै समर्थन गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशमा एकीकृत समाजवादीमा प्रवेश गरेका सांसद दीपक मनांगे अर्थात् राजीव गुरुङले स्वतन्त्र बस्ने निर्णय लिएका छन् । बागमती प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको छ ।

 केन्द्रमा गठबन्धन र सुदूरपश्चिममा कांग्रेस सरकारलाई समर्थन 
प्रतिनिधिसभा र तीनवटा प्रदेशमा प्रतिनिधित्व रहेको नागरिक उन्मुक्ति पार्टीले च्याँखे दाउ थापेको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेको हो । यसरी नाउपाले जसरी पनि सत्तामा जाने बाटो लिएको छ ।

केन्द्रमा माओवादी, एमालेसहित पाँचदलीय गठबन्धन सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह सरकार जोगाउन लागिपरेका छन् । सुदूरपश्चिममा सात सांसद रहेकामा पाँच मन्त्री पाएको नाउपाको आइतबारको संसदीय दलको बैठकले समर्थन कायमै राख्ने र विश्वासको मत दिने निर्णय गरेको हो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सिट आवश्यक पर्छ । सत्तापक्षमा अहिले कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात गरी २५ सांसद छन् ।

बागमती सरकारको नेतृत्वमा हाम्रो नेपाली पार्टीको पनि दाबी
केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेश सरकारबाट तत्कालीन सत्ता साझेदार दल कांग्रेस बाहिरिएको १५ दिन पुग्दै छ । तर, अझै पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वले निरन्तरता पाउँछ कि नयाँ नेतृत्व आउँछ भन्नेमा अन्योल छ । जसकारण नयाँ गठबन्धनमा रहेका र सरकार बनाउन महŒवपूर्ण भूमिका रहेका साना दल सबैले सरकारको नेतृत्व दाबी गरेका छन् ।

नयाँ गठबन्धन बनेपछि एमाले, माओवादी र एकीकृत समाजवादीले मात्र सरकार गठन गर्न सक्दैनन् । बागमती प्रदेश सभामा नयाँ गठबन्धनलाई बहुमत जुटाउन निर्णायक मानिएको हाम्रो नेपाली पार्टीले साथ दिनुपर्ने हुन्छ । प्रदेशमा दुईजना सांसद रहेको हानेपाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । हाम्रो नेपाली पार्टीको ३ र ४ चैतमा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी विज्ञप्तिमा लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको जनाएको छ ।

एक सय १० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका २१, एमालेका २७ र एकीकृत समाजवादी सात गरी ५५ सांसद छन् । सत्ता गठबन्धनलाई सरकार टिकाउन एक सांसद अपुग देखिन्छ । यसका लागि नयाँ गठबन्धनले हाम्रो नेपाली पार्टीको साथ लिन सक्छ । ३७ सदस्य रहेको प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस सत्ता र गठबन्धनबाट बाहिरिसकेको छ । नेपाल मजदुर किसान पार्टीले सत्ताको चलखेलमा नलाग्ने बताउँदै आएको छ ।

ad
ad