मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५९:oo

मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने भएको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालयले रिडीदेखि तम्घास खण्डको २५ किलोमिटरसम्म सडक निर्माणको काम गरिरहेको छ। 

सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायतका काम गर्न ७ चैतदेखि मसान्तसम्म तीन हप्ता सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयको सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन्। 

आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो। ७ चैतबाट बिहान १० बजेदेखि ४ र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने शर्माले बताइन्। यो आर्थिक वर्षसम्म रुरूको रिडीदेखि गुल्मीदरबारसम्म सडक निर्माण हुनेछ। 

विकल्पको लागि पानीट्यांकी–थोर्गा स्यालपोखरी–साल बिसौनीदेखि रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी, लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी र घुम्ती–चारापाला–खज्र्यांग हुँदै रिडीको सडक प्रयोग गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालयले सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ। मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा ४१ किलोमिटर सडक निर्माणको काम सुरु भएको छ।