मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री खानविरुद्धको मानहानि मुद्दा खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o४:oo

पाकिस्तानका पूर्वप्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको छ।

जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उनीद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित मानहानिको सूचना जारी गरेका थिए। 

खानले आफ्नो भनाइका लागि माफी नमागे कानुनी प्रक्रिया सुरु गर्ने चेतावनीयुक्त सूचनापछि चौधरीको कानुनी टोलीले दिएको थियो।  

चौधरीले जनवरी २०१५ मा औपचारिक रूपमा मुद्दा दर्ता गरेका थिए। मुद्दामा पाकिस्तानका पूर्वप्रधानन्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाए थिए। 

द एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानिको सूचना हद नागेपछि जारी गरिएको बताइएको छ। 

अदालतका अनुसार अन्तिम कथित मानहानिपूर्ण बयान सन् २०१४ जुन २७ मा गरिएको थियो र मुद्दा  सन् २०१५ को जनवरी २० मा दायर गरिएको थियो। मुद्दा दायर गर्दा ६ महिना २४ दिन हद नाघिसकेकोले मुद्दालाई खारेज गरिएको छ। 

अदालतले मानहानिसम्बन्धी सामग्री प्रकाशित भएको मितिले ६ महिनाभित्र मानहानि मुद्दा दायर गर्नुपर्ने र त्यसो गर्न नसके मानहानि अध्यादेश २००२ को दफा १२ अनुसार मुद्दा गर्न नमिल्ने उल्लेख गरेको छ। 

सन् २०२२ को अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भएयता पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खानले थुप्रै कानुनी चुनौतीको सामना गर्दै आएका छन्। हाल उनी रावलपिण्डीस्थित पाकिस्तानी केन्द्रीय कारागारमा छन्।