१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४१:oo

प्रशस्त पानी :  प्रशस्तै पानी पिउनुस् । पानीले छालालाई नरम बनाउन र संक्रमणबाट बचाउन महत्वपूर्ण भूमिका खेल्छ ।

सन्तुलित आहार :  एन्टिअक्सिडेन्ट्सको मात्रा प्रचुर भएका फलफूल र तरकारी खानामा समावेश गर्नुस् । उदाहरणका लागि, भिटामिन सीयुक्त आहारले कोलाजनको उत्पादन बढाउँछ र बिग्रेको छालालाई रिपेयर गर्छ । 

सरसफाइ :  सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । टावेल, बेडसिट तथा तपाईंका कपडा सफा तथा सुक्खा हुनुपर्छ । जसकारण, ब्याक्टेरियल तथा फंगलको संक्रमण नहोस् ।

हेभी मेकअप नगर्ने :  मनसुनमा मेकअप हल्का र कम गर्नुस् । यसले प्राकृतिक लुक्स दिन्छ र छालालाई पनि समस्या गर्दैन । 

मोस्चराइजर :  मनसुनमा पनि छालालाई मोस्चराइज गर्नु जरुरी छ । आयली छालाका लागि मोस्चराइजर जेल प्रयोग 
गर्दा हुन्छ ।

घामबाट जोगाउनुस् :  बाहिर निस्कदाँ सनस्क्रिन क्रिम लगाउन नभुल्नुस् । यसले सूर्यका विकिरणबाट छालालाई जोगाउँछ ।  दुई वा तीन घन्टाको अन्तरालमा सनस्क्रिन लगाउनुस् ।

चिकित्सकसँग परामर्श :  हरेक मानिसको छाला फरक प्रकृतिको हुन्छ । त्यसैले कुनै समस्या देखिएमा छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार थाल्नुपर्छ । 

ad
ad