मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुल निर्माणमा ढिलाइ गरेको भन्दै सपहीका स्थानीयले गरे चक्काजाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

पुल निर्माणमा ढिलाइ गरेको भन्दै जनकपुर–ढल्केबर सडकखण्डको सपहीमा स्थानीयले चक्काजाम गरेका छन्।

दुई वर्षअघि नै सक्नुपर्ने पुल निर्माणको काम अझै नसकिँदा कहिले धुवाँ, धुलो र कहिले हिलोले आजित स्थानीयहरूले शनिबार बिहान ९ बजेदेखि सपहीमा सडक अवरुद्ध गरेका हुन्। पुल निर्माण नहुँदा यहाँ पटक-पटक सवारी  दुर्घटनासमेत हुने गरेको छ।

यथाशीघ्र पुल निर्माणले पूर्णता पाउनुपर्ने माग गर्दै दिउँसो १२ बजेसम्म चक्काजाम गरेको स्थानीय पप्पुकुमार साहले बताए। सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको छ। शनिबार बिदाका दिन जनकपुरधाम घुम्न आउने पर्यटकलाई झनै सास्ती भएको छ।