१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ जेठ २ बुधबार १९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ 

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:३६:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ सुन तस्करी घटनामा संलग्न रहेको अभियोगमा दीपेश पुन पक्राउ परेका छन् । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा हुन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले धुम्बाराहीबाट पुन पक्राउ परेको जानकारी दिए । उनले भने, ‘दीपेश पुन पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो ।’

घटनमा जाेडिएका पुनलाई यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी)ले उन्मुक्ति दिएको थियो । 

गत २ साउनमा बरामद भएको तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो ।

सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आज बिहान निर्देशन दिएका थिए । 

आजै बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय गरेलगत्तै दीपेश समातिएका हुन् ।

ad
ad