१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १५:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१५ मिनेटका लागि स्थगित बैठक अझै सुरु भएन, सहमति खोज्न सभामुख प्रयासरत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:३१:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । बैठक स्थगित गरिएको डेढ घण्टा भइसकेको छ ।  

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बैठकमा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा कांग्रेस सांसदले उठेर अवरोध गरेका थिए । 

सभामुखले बसेर बैठक अघि बढाउन सहयोग गर्न पटकपटक आग्रह गरे पनि कांग्रेस सांसद उठिरहेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । 

त्यसअघि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विरोध चलिरहँदा सदन अघि बढाउन खोजिए वेल घेर्न बाध्य हुनुपर्ने भन्दै चेतावनी दिएका थिए । 

अहिले बैठक सञ्चालनका लागि सहमति जुटाउन सभामुख घिमिरेले प्रयास गरिरहेका छन् । सभामुखको चेम्बरमा प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक चलिरहेको छ । 

तर, छलफलमा अहिलेसम्म कुनै निकास निस्किएको छैन । छलफलमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाका प्रमुख सचेतक सहभागी छन् । 

ad
ad