१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:o७:oo
  • कौसीखेतीमा आजभोलि मानिसको आकर्षण बढिरहेको छ । कौसीखेती गर्दा घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर फलफूल तथा तरकारी रोपिन्छ । 
  • गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकमा बिरुवा रोप्न सकिन्छ । बजारमा बिरुवा रोप्नका लागि ‘ग्रो ब्याग’ पनि पाइन्छ । बिरुवा कतिसम्म झाँगिन्छ वा ठूलो हुन्छ, त्यहीअनुरूप बिरुवा रोप्ने भाँडा प्रयोग गर्नुपर्छ । 
  • कौसीमा विशेष गरी छोटो समयमै फल्ने फलफूल तथा तरकारी रोप्दा उपयुक्त हुन्छ । कौसीलाई हरियाली बनाउने खालको तरकारी रोप्नुपर्छ । रायोको साग, गाँजर, मुला, काउली, बन्दा, लौका, खुर्सानी, फर्सी, सिमी, घिरौँला, धनियाँ, मेथी, चना, पालुङ, लसुन रोप्दा राम्रो हुन्छ । कौसीमा गोलभेँडा, बन्दालगायत तरकारी पनि फलाउन सकिन्छ । यसले दैनिक रूपमा तरकारी तथा फलफूल किन्ने पैसा बचत हुन्छ । 
  • तापक्रम मेन्टेन गर्नका लागि कौसीमा स्ट्यान्ड राख्ने र त्यसमाथि टनेल बनाउन सकिन्छ । बजारमा ‘वाटरपु्रफ’ प्लास्टिक पनि पाइन्छ । धेरै पानी र धेरै घाम पनि नहोस् भनेर प्लास्टिक प्रयोग गरिन्छ । घरबाट निस्किने कुहिने फोहोरलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । तर, चिल्लो, अमिलो, माछा–मासु हाल्नुहुँदैन ।
ad
ad