१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सफल बन्न के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:o५:oo

मानिसको जीवनमा अनेकौँ बाधा आइपर्छन् । यस्ता बाधाका कारण जीवनमा कैयौँ प्रयत्न गर्दा पनि उसलाई सफलता हात लाग्दैन । यस्तो अवस्थामा सफलता हात पार्नका लागि आचार्य चाणक्यका निम्न सुझाबलाई जहिल्यै ध्यानमा राख्नु उपयुक्त हुन्छ । 

मानसिक तनावबाट बच्नुहोस् :  जब जीवनमा कुनै बाधा आइपर्छ, त्यतिखेर मानिसले सबैभन्दा पहिले आफ्नो मानिसक स्थितिलाई सुदृढ बनाउन सक्नुपर्छ । मानसिक तनाव हटाउने प्रयास गर्नुपर्छ । सकारात्मक विचार मनमा ल्याउनुपर्छ । आफ्नो मिहिनेतमाथि विश्वास गरेर कामलाई निरन्तरता दिनुपर्छ । तब मात्र सफलता प्राप्त गर्न सकिन्छ । 

निराश नभई संघर्ष गर्नुहोस् :  लगातार खोपिरहँदा ठुल्ठूला पत्थरमा पनि प्वाल पार्न सकिन्छ । नदीमा घोटिँदा–घोटिँदा ठुल्ठूला ढुंगा पनि ससाना चिटिक्कका आकृतिमा परिणत हुन सक्छन् । ठीक त्यसरी नै निरन्तर संघर्ष गरिरहने हो भने हामीलाई एक न एक दिन अवश्य सफलता प्राप्त हुन्छ । तर, त्यसका लागि हामी निराश नभई कर्मको मार्गमा निरन्तर संघर्षरत रहनुपर्छ । 

सफलता पाउन इमानदारीपूर्वक काम गर्नुहोस् : पूर्णतः निष्ठा र इमानदारीपूर्वक कुनै काम गरेपछि मात्र सफलता हात लाग्छ । त्यसैले, कुनै पनि काम गर्दा इमानदारी नछाड्नुहोस् । यसले तपाईंलाई अवश्यै सफलता दिलाउँछ । 

सकारात्मक बन्नुहोस् :  कुनै पनि कार्यमा सफलता पाउनका लागि सकारात्मक सोच हुनु जरुरी छ । सकारात्मक सोचविना सफलता पाउन सकिन्न । हरेक काम गर्दा सकारात्मक सोच राख्नुका साथै उत्साहपूर्वक काम गर्नु पनि जरुरी छ । सकारात्मकता र उत्साहले तपाईंलाई जहिल्यै सफलता दिलाउँछन् । आचार्य चाणक्यद्वारा प्रस्तुत सफलताका यी सूत्र जहिल्यै मनन गरौँ र जीवनमा सफल बनौँ ।

ad
ad