१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३० बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ३० बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एलआइसी इन्स्योरेन्सले बोनस दर घटाएपछि कालोपट्टी बाँधेर विरोधमा अभिकर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ३० बुधबार ११:५३:oo

एलआइसी इन्स्योरेन्सले बोनस दर घटाएको विरोधमा अभिकर्ताहरू आन्दोलित बनेका छन्।

गत आर्थिक वर्ष ०७९/८० को व्यवसायको आधारमा केही योजनामा (जीवन तरंग, जीवन बचत, जीवन सरल र अन्य योजनाहरूमा) अनावश्यक बोनस दर घटाएकोमा उनीहरू विरोधमा उत्रिएका हुन्। बोनस दर वृद्धि गरी साबिकअनुसार व्यवस्था मिलाउनुपर्ने माग उनीहरूको छ।

त्यस्तै, एजेन्सी म्यानेजरले विनासर्त कमिसनको आधारमा नभई प्रिमियमको आधारमा कमिसन खान पाउने व्यवस्था गर्न उनीहरूको माग छ।

पाँच हजार प्रिमियम हाल्ने साना एजेन्सी मेनेजरले पनि कमिसन खान पाउनुपर्ने माग गरेका छन्। बालबालिका योजनामा विविधखाले समस्या आएकाले यो प्लानमा आवश्यकताअनुसार सशोधन गरी कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरूको माग छ।

बुधबार कालोपट्टी बाँधी २ घण्टा प्रमुख कार्यकारी अधिकृत र नायव कार्यकारी अधिकृतको कार्यकक्षमा धर्ना दिने उनीहरूको योजना रहेको पेसागत बिमा अभिकर्ता संघले जनाएको छ।

त्यस्तै, आउँदो शुक्रबार हातमा कालोपट्टी बाँधी प्रमुख कार्यकारी अधिकृतलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने र सम्पूर्ण शाखा कार्यलयमा कालोपट्टीसहित दिनकाे १ बजेसम्म नयाँ व्यवसाय बन्द गर्ने संघले जनाएको छ।

चैत ४ गतेसम्ममा माग सम्बोधन नभएमा अनिश्चितकालीन नयाँ व्यवसाय तथा नवीकरण बिमा शुल्कसमेत बन्द गर्नेसमेतका कार्यक्रम गर्ने योजना छ।