१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीलाई समेट्दै सत्तागठबन्धनबीच सातबुँदे सहमति

राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने यसअघिकाे सहमित नयाँ सहमतिबाट हटाइयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:१८:oo

सत्तागठबन्धनका पाँच दलबीच सातबुँदे सहमति भएको छ। नयाँ समीकरणपछि बनेको सत्तागठबन्धनमा आबद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सातबुँदे सहमति भएको हो। 

यसअघि आठबुँदे सहमति गरेका चार दलमा पाँचौँ दल एकीकृत समाजवादी मिसिएपछि नयाँ सहमति बनेकाे हो। एकीकृत समाजवादीले सत्तागठबन्धनमा सामेल हुन लिखित सहमतिकाे माग गरेकाे थियाे। 

नयाँ सहमतिपत्रमा पाँच दलको सहभागितामा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनर्गठित सरकारलाई सुदृढ र सफल पार्ने, राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक नयाँ दलसँग संवाद गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिका आधारमा अविलम्ब टुंग्याउने निर्णय भएकाे छ।

यसअघि चार दलबीच भएको आठबुँदे सहमतिपत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख भए पनि नयाँ सहमतिपत्र उपाध्यक्षबारे मौन देखिएको छ।

 


 

ad
ad