Skip This
मुस्लिमहरुको पवित्र रोजा पर्व आजबाट सुरु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Saturday, 27 July, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८o फाल्गुण २९ मंगलबार १o:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्लिमहरुको पवित्र रोजा पर्व आजबाट सुरु 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार १o:३७:oo

मुस्लिम धर्माम्बलम्वीको महान पर्व रामजान रोजा आजबाट सुरु भएको छ । खाडी मुलुक साउदी, कतारकालगायतका देशहरुमा हिजो सोमबारदेखिनै रोजा सुरु भएपनि नेपाल, भारत, पाकिस्तान, बगंलादेशलगायतका दक्षिण एसियामा मंगलबारदेखि मात्रै रोजा सुरु भएको छ ।  सोमबार साँझ आकाशमा चन्द्रमा देखेपछि जनकपुरधाममसहित नेपालभरिका मुस्लिम समुदायले  मंगलबारदेखि रोज बसेका छन् ।  रोज (व्रत) हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य गरिएको छ । 

इस्लाम धर्मका  ५ वटा अधार स्तम्भ इमान, नवाज, रोजा, जकात,हजमध्ये रोजा तेस्रा नम्वरको  हो। इस्लामिक महिना सवाण समाप्त भइ रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखेपछि रमजान सुरु भएको हो।इस्लामिक महिना रमजान महिनाभरि अर्थात ३० दिनसम्म मुस्लिम समुदय रोज गर्छन् । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखे लगतै सुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाइ निराहार रुपमा व्रत बस्नुपर्ने हुन्छ । रोजा(व्रत) मा बस्नेहरुले सुर्य उदाउनुभन्दा पुर्व र सुर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् । 

इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिक देखि मुस्लिम समुदायमाथि र्फज अथार्त अनिर्वाय गरिएको छ। इस्लामिक धार्मिक गुरुहरुको अनुसार अहिले १४ औ हिजरी चलिरहेको छ। रोजा धनि, गरिव सवैमाथि अनिर्वाय छ, यसमा कुनै भेदभाव हुदैन। दिनभरि मजदुरी गर्ने होस वा राजा राजौटा किन नहोस् सबैैमाथि रोजा उतिकै लाजिम(अनिर्वाय) गरिएको छ। महिला ,पुरुष दुवै वालिग मुस्लिममाथि रोज अनिर्वाय गरिएको मौलना अहमद हुसैनले बताए ।

इस्लामिक धर्मगुरुहरुका अनुसार सामुहिक रुपमा रोजा खोल्दा (अनजल) धार्मिक हिसावले राम्रो मानिन्छ। रमजान महिनामा इस्लामिक क्यालेनडरकोे ९ औ महिना हो। यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्दछ। अन्य महिना भन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुण बढी सवाव (पुण्य) प्राप्ती हुने जनविश्वास  छ। रमाजानकै २७ तारिकका दिन इस्लाम धर्माबलम्विहरुको सबभन्दा ठुलो धर्मग्रन्थ पवित्र  कुरआन सरिफ नाजिल (अवतरित) भएकाले उनले बताए । 

यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा त्यति बरावरको  सम्पति भएको खण्डमा गरिव विपन्नहरुको लागि अनिर्वाय रुपमा जकात अथार्त दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्ने हुन्छ । यसले गरिव र अशक्तहरुका लागि केहि गरौ भन्ने सन्देश दिने गरेको छ ।