१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

शिक्षण अस्पताल भैरहवामा थ्री टेस्ला एमआरआई सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o५:oo

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल (युसिएमएस) भैरहवाले थ्री टेस्ला एमआरआई सेवा सुरु गरेको छ ।करिब १८ करोड लगानी स्थापना गरेको एमआरआई सेवाको आइतबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री खनालले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपमा नयाँ आयाम थपिँदै गएको बताए । 

अस्पतालले लुम्बिनी प्रदेशमा नै पहिलोपटक थ्री टेस्ला एमआरआई सेवा सुचारु गरेको युसिएमएसका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालको भनाइ छ । युसिएमएसले सरकारी अस्पतालसरह सेवासुविधा प्रदान गर्दै आएको निर्देशक अर्यालले बताए । उनले युसिएमएसमा जनशक्ति र उच्च गुणस्तरको प्रविधि भएका कारण उपचारका लागि बाहिर जानुनपर्ने बताए । सेवा सुचारु भएसँगै बिरामीले अब सहज रूपमा सेवा पाउने साथै थप समय र पैसा खर्च गरेर टाढा जानुपर्ने बाध्यता अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले युसिएमएसले आमनागरिकले विश्वास गर्ने गरी प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. सदन मुखीले अस्पतालले सुचारु गरेको थ्री टेस्ला एमआरआईमा विकिरणको जोखिम नभएको र विश्वप्रसिद्ध अत्याधुनिक नयाँ मेसिन भएको दाबी गरे । 

ad
ad