१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २१:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

‘एक्स्ट्रा टेक क्रिकेट मैदान’ उद्घाटनको अघिल्लो दिन खेलाडी सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २१:३८:oo

निजी लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको ‘एक्स्ट्रा टेक क्रिकेट मैदान’ उद्घाटनको अघिल्लो दिन आइतबार सम्मान कार्यक्रम आयोजना भएको छ। 

नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसिसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। सो खेलमा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै खेलेका खेलाडीलाई सम्मान गरिएको हो। यस्तै, २००७ मा नेपालको लागि पहिलो महिला अन्तर्राष्ट्रिय खेल खेलेका चार महिला क्रिकेटरलाई पनि सम्मान गरिएको छ। 

एक्स्ट्राटेक ओभल खेलमैदानमा सोमबार ‘एक्स्ट्राटेक लिजेन्ड कप’ आयोजना हुँदै छ, जहाँ राष्ट्रिय टिमका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्कादेखि चर्चित गायक प्रमोद खरेलसम्म मैदानमा उत्रनेछन्।

गैरआवासीय नेपाली विनोद कुँवरले अस्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा निर्माण गरेका एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिलो चरणको संरचनाको २८ फागुन सोमबार उद्घाटन गरी खेल सञ्चालन गर्ने तयारी भएको हो।

श्रीमती सदीक्षासहित अस्ट्रेलियामा बस्दै आएका कुँवरले तिलोत्तमा नगरपालिका– १७ मा ४० करोड रुपैयाँभन्दा बढीको लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिरहेका छन्। रंगशाला खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी छ। 

ad
ad