१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्रीको वरीयता हेरफेर, चाैथाे नम्बरमा उपेन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:४५:oo

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्। वरीयतामा नवनियुक्त जसपा अध्यक्ष उपेन्द्र यादव चाैथाे नम्बरमा छन्।

आइतबार यादवसमेत उपप्रधान एवं स्वास्थ्यमन्त्री नियुक्त भएसँगै उपप्रधानमन्त्रीको संख्यासमेत चार पुगेको छ।

उपप्रधानमन्त्रीहरूमध्ये पहिलाे नम्बरमा एमालेका रघुवीर महासेठ छन्। त्यसपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ दाेस्राे र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्राे नम्बरमा छन्।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्री र १६ मन्त्री नियुक्त गरेका थिए। आइताबार दुई मन्त्री थप भएसँगै मन्त्रीको संख्या २२ पुगेको छ।

*यसअघि समाचारमा वरीयता अन्यथा भएकाले सच्याइएकाे छ-सम्पादक

ad
ad