१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २६ शनिबार १८:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हेटौँडा ८ मा एमाले वडा कमिटीको आफ्नै भवन

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २६ शनिबार १८:३०:००

एमाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ कमिटीले कमानेमा आफ्नै पार्टी कार्यालय मनमोहन स्मृति भवन निर्माण गरेको छ। नवनिर्मित भवनको शनिबार एक कार्यक्रमबीच उद्घाटनसमेत गरिएको छ।

भवनको उद्घाटन एमाले बागमती प्रदेश कमिटीका सदस्य गोपालबहादुर श्रेष्ठले गरेका हुन्। भवन उद्घाटन गर्दै प्रदेश कमिटी सदस्य श्रेष्ठले कार्यकर्ताको सहयोगमा पार्टीको भवन निर्माण गरेजस्तै अन्य विकास–निर्माणको काम पनि गर्न सकिने बताए। यसरी मिलेर निर्माण भएका संरचनामा अपनत्व हुने भएकाले अन्य सामाजिक काममा पनि मिलेर काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरे।

उक्त भवन पार्टी वडा कमिटीको आफ्नै जग्गामा निर्माण गरिएको भवन निर्माण समितिका संयोजक एवं एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य कुमार केसीले जानकारी दिए। २० लाख रुपैयाँ लागतमा बनेको चारकोठे भवनका लागि पार्टीका संगठित सदस्य, साधारण सदस्य र शुभचिन्तकहरूले सहयोग गरेका संयोजक केसीले बताए।