मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण २४ बिहीबार
  • Wednesday, 02 September, 2026
२o८o फाल्गुण २४ बिहीबार १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महानगर प्रमुख दाहाल र बेलायती उपसभामुखबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २४ बिहीबार १६:oo:oo

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गरेकी छिन्।

एक कार्यक्रमको सिलसिलामा हाल बेलायत रहेकी दाहाल र उपसभामुख निजेलबीच लन्डनमा आज भेटवार्ता भएको हो।
दाहालका अनुसार भेटका क्रममा वर्षौँदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो।

त्यस अवसरमा दुई देश र जनता–जनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उनले जानकारी दिइन्। सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गरेकी थिइन्। 

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षका रूपमा मनाइरहेको छ।