१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठ ।  तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २३ बुधबार २१:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त शिक्षामन्त्री श्रेष्ठले कार्यभार सम्हालिन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २३ बुधबार २१:१३:००

नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले कार्यभार सम्हालेकी छिन्। 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेकी हुन्। 

रास्वपाकी समानुपातिक सांसद श्रेष्ठ पहिलोपटक मन्त्री बनेकी हुन्। प्रतिनिधिसभामा उनले प्राप्त गरेका जिम्मेवारीमा छोटो अवधिमै उनले प्रभावकारी कार्यसम्पादन गरेर सक्रिय सांसदका रूपमा आफूलाई स्थापित गरिसकेकी छिन्। 

यसअघि शिक्षा क्षेत्रको सुधारको पक्षमा उनले निरन्तर सरकारलाई खबरदारी गर्दै आएकी थिइन्। प्रधानमन्त्री र तत्कालीन शिक्षामन्त्रीहरूलाई कडा कडा प्रश्न सोध्ने सुमना आफैँ जवाफ दिने स्थानमा पुगेकी छिन्।