१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् विस्तार, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बन्याे २० सदस्यीय (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका १९ मन्त्री समावेश गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

कांग्रेससँगको एक वर्ष लामो सहकार्य तोडेर प्रचण्डले नयाँ सत्तागठबन्धन बनाएपछि मन्त्रिपरिषद्को यो दोस्रो विस्तार हो। 

पुनर्गठित मन्त्रिपरिषद्का सदस्यहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरे। 

 

मन्त्रीहरूको सूची
एमालेबाट 
१) रघुवीर महासेठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३) हरि उप्रेती, रक्षा
४) भगवती चौधरी, महिला बालबालिका
५) राजेन्द्र राई, खानेपानी
६) दामोदर भण्डारी, उद्योग
७) ज्वालाकुमारी साह, कृषि
८) बलराम अधिकारी, भूमि व्यवस्था

माओवादीबाट
१) नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा परराष्ट्र
२) वर्षमान पुन, अर्थ
३) शक्ति बस्नेत, ऊर्जा
४) रेखा शर्मा, सञ्चार
५) हितबहादुर तामाङ, पर्यटन

रास्वपाबाट
१) रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृह
२) डिपी अर्याल, श्रम
३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४) सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादीबाट
१) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२) धनबहादुर बुढा, सहरी विकास