१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : चर्च ब्वाइजको कठिन जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo

विदेशी खेलाडी अवयामीको एक मात्र गोलको सहयोगमा मंगलबार चर्च ब्वाइज युनाइटेडले न्युरोड टिम (एनआरटी)लाई १–० ले हराउँदै छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजलाई अन्तिम चारमा पुर्‍याउन अवयामीले सन्जित राईको सटिक पासमा गोल गरेका हुन् । अवयामी डिबक्सभित्र अनमार्कमा रहेका थिए ।

पहिलो हाफमा आक्रामक देखिएको चर्च ब्वाइज दोस्रो हाफमा रक्षात्मक रणनीतिमा प्रतिस्पर्धा गरेको थियो । एनआरटीको फिनिसिङ लाइन निकै कमजोर देखिन्थ्यो । एनआरटीका विदेशी स्टाइकर अफिज ओलावले खासै चल्न सकेनन् । एनआरटीले चर्च ब्वाइजविरुद्ध बल पोसेसन बलियो राखे पनि फिनिसिङमा चुकेको थियो । 

चर्च ब्वाइजको तुलनामा एनआरटीले धेरै मिस पास खेलेको थियो । खेलको ३२औँ मिनेटमा चर्च ब्वाइजका मिलन राईले पेनाल्टी क्षेत्रमा एनआरटीका गोलरक्षक पुजन होनासँग वान टु वानमा गोल गर्न सकेनन् । खेलको ८६औँ मिनेटमा चर्च ब्वाइजले दोहोरो अग्रता लिने मौका चुकायो । मैदानको मध्य भागबाट चर्च ब्वाइजका बिजु भुजेलले एक्लै लगेको बल विपक्षी रक्षक पुजन होनालाई बिट हुँदा गोल गर्न चुके । 

मैदानको दायाँ भागबाट उनले गरेको प्रहार बायाँ पोस्टनजिकैबाट बाहिरियो । दोस्रो हाफमा चर्च ब्वाइजले खासै मौका बनाउन सकेन । ‘ए’ डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजको प्रदर्शन मध्यान्तरपछि उत्कृष्ट भएन । दोस्रो हाफमा एनआरटी चर्च ब्वाइजमाथि हाबी भयो । 

टिम सेट हुन समय लाग्यो
रुबेन राई, प्रशिक्षक, चर्च ब्वाइज

अहिले हाम्रा केही खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् । स्तरीय खेलाडी साथ नहुँदा एनआरटीविरुद्ध सोचे प्रदर्शन हुन नसकेको हो । झापामा सहभागी हुन खेलाडीबीचको टिम सेट गर्नका लागि समय पनि पुगेन । त्यसकारण, अवसर सिर्जना भए पनि स्कोर गर्न नसकिएको हो । 

फिनिसिङमा अभाव देखियो
जीवन सिंकेमान, प्रशिक्षक, एनआरटी

मध्यान्तरपछि एनआरटीको प्रदर्शन राम्रो भएको थियो । यस अवधिमा हामीले चर्च ब्वाइजमाथि दबाब राख्न सफल भयौँ । तर, हाम्रो टोलीको फिनिसिङ अभाव देखियो । यसकारण नै राम्रो गोल अवसरमा समेत खेलाडी चुके । खेलाडीबीच तालमेल नमिल्दा हार व्यहोर्न पुग्यौँ ।

ad
ad