१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली पुगे नेपालनिवास, सरकारमा सहभागिता र वाम एकताबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:३६:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली कोटेश्वरस्थित नेपालनिवास पुगेका छन्।

परिवर्तित सन्दर्भमा एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराउने तथा वामपन्थी एकताको पहल गर्ने विषयमा भेटमा छलफल हुने बताइएको छ। 

कांग्रेससँगको सहकार्य तोडेर हिजो मात्रै प्रचण्डले एमाले, रास्वपा, जसपासँग मिलेर नयाँ सत्तागठबन्धन निर्माण गरेका छन्। त्यसमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले हिजो नै नेपाललाई उनकै निवासमा पुगेर आग्रह गरेका थिए। 

ओलीले पनि हिजो नेपाललाई टेलिफोनमा कुराकानी गरेका थिए। त्यसैको निरन्तरताको रूपमा आजको भेटवार्तालाई हेरिएको छ। 

ad
ad