मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २१ सोमबार २०:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल भेट्न निवासमै पुगे प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २१ सोमबार २०:०९:००

नयाँ सत्तागठबन्धनको बैठक चलिरहेका वेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन्।

कोटेश्वरस्थित नेपालको निवासमा चलिरहेको छलफलमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्। 

कांग्रेससँगको सत्ता सहकार्य तोडेर नयाँ सत्तागठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन चाहेका छन्। 

परिवर्तित घटनाक्रमपछि एकीकृत समाजवादीको आज आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालयको बैठकले नयाँ राजनीतिक समीकरणका विषयमा तत्काल कुनै निर्णय नगर्ने निष्कर्ष निकालेको थियो।