
पूर्वी नवलपरासीस्थित नारायणी नदीकिनारमा एकजना पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका– २ नन्दपुरस्थित नदीकिनारमा अन्दाजी ४० वर्षको पुरुषको शव फेला परेको हो।
शव पोस्टमार्टमका लागि कावासोती– १६ डन्डास्थित मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।