मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

जिल्ला प्रहरी कार्यालय काभ्रेले दोहोरो नागरिकता लिएको आरोपमा एकजनालाई पक्राउ गरेको छ। काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका– ४ स्थायी ठेगाना भएका राजु गुरुङलाई प्रहरीले दोरोहो नागरिकता लिएको आरोपमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गुरुङले जिल्ला प्रशासन कार्यालय काभ्रे र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुट्टाछुट्टै जारी भएको नागरिकता र सोको आधारमा दुईवटा राहदानीसमेत लिएको देखिएको छ। 

उनले दोस्रो जन्मस्थान चितवन जिल्ला भरतपुर उपमहानगरपालिका– ९  राखेर नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ।

दोहोरो नागरिकता लिएको देखिएपछि गुरुङलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आवश्यक अनुसन्धानका लागि पठाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।