१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा लाग्यो तेस्रो सर्टिक ब्रेक, आजको कारोबार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

४० मिनेटपछि खुलेको सेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। तेस्रो सर्किट ब्रेक लागेसँगै आज दिनभरिका लागि कारोबार बन्द भएको छ।

दोस्रो सर्किट ब्रेक खुलेको एक मिनेट नहुँदै तेस्रो सर्किट ब्रेक लागेको हो। तेस्रो सर्किटमा नेप्से परिसूचक ११७.७० अंकले बढेर  दुई हजार ७८ विन्दुमा अडिएको छ।

आज बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो। सेयर बजार खुलेको १ घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ।

पहिलो सर्किटपछि सेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो। दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात् ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो।

नेप्सेका अनुसार सेयर बजार खुलेको तीन घण्टाअघि नेप्से परिसूचक ५ प्रतिशतले वृद्धि भएमा कारोबार ४० मिनेटका लागि बन्द हुने गर्दछ। दोस्रो सर्किट ११ बजेर २६ मिनेट लाग्दासम्म ६ लाख ४१ हजार ६८२ कित्ता सेयरको खरिदबिक्री हुँदा २६ करोड ३७ लाख १ हजार रुपैयाँको कारोबार भएको थियो।

सेयर बजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ भने दुई घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द र ६ प्रतिशतले बढेमा दिनभरिको कारोबार नै बन्द हुने गर्दछ।

यसअघि गत मंसिर २५ गते पनि बजारमा यस्तो सर्किट ब्रेक लागेको थियो।