१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भत्कियो माओवादी–कांग्रेस गठबन्धन, एमाले, रास्वपालाई समेट्दै आजै मन्त्रिपरिषद् पुनर्गठन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४५:oo

माओवादी–कांग्रेस नेतृत्वको वर्तमान सत्तागठबन्धन भत्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको एक वर्षभन्दा लामो सहकार्य तोड्दै गत वर्षको १० पुसमा बनेको एमाले, रास्वपा सम्मिलित गठबन्धनलाई अगाडि बढाउने तयारी गरेका छन् । 

यसक्रममा प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन् । प्रधानमन्त्रीले अहिलेका सबै मन्त्रीलाई बर्खास्त गर्दै सानो आकारमा आज नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । 

स्रोतका अनुसार आज माओवादीबाट वर्षमान पुन अनन्तले शपथ लिनेछन् भने एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री बन्नेछन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि आजै मन्त्रीको शपथ लिने स्रोतले बताएको छ । 

ad
ad