१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयोजनाको लागत बढाउने बेथिति अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:१२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास आयोजनाको लागत बढाउने बेथिति रोक्न निर्देशन दिएका छन् । सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढेको भन्दै त्यसलाई रोक्न उनले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् । ‘विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ । सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ,’ उनले भने, ‘तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस् ।’ उनले आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुने गरी निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवहरू थिए । प्रधानमन्त्रीले बैठकमा उत्तर–दक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिए । 

प्रधानमन्त्रीले सम्पन्न हुनै लागेका र परिणाम दिइहाल्ने परियोजनालाई आफूले प्राथमिकतामा राखेको समेत बताए । ‘निर्माणाधीन र टुंगिन लागेकालाई प्राथमिकता दिएर परिणाम देखिने गरी काम गर्न भनेर मैले भन्दै आएको छु,’ उनले भने, ‘यस्ता आयोजनालाई सरकारले प्राथमिकतामा राख्छ, बजेटको अभाव हुन दिँदैन, काम समयमै गर्नुहोस् ।’ विकास आयोजनाका काममा उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई फिल्डमा नै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशिन दिए । छलफलमा कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहेको, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए । 

त्यसैगरी, उत्तर–दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत भौतिक प्रगति रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको जानकारी गराए । उत्तर–दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रूपमा अगाडि बढेको उनले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डले विगत दुई सय ५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहेको बताए । यद्यपि, त्यसबारे आमनागरिकमा यथार्थ सम्प्रेषण हुन नसकेको उनको भनाइ थियो । 

ad
ad