१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २० आइतबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोटो पत्रकारका समस्याबारे सञ्चारमन्त्रीलाई ज्ञापन-पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १८:४२:oo

फोटो पत्रकार क्लब नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई ज्ञापनपत्र बुझाएको छ। क्लबका कार्यबाहक अध्यक्ष दीपेश श्रेष्ठ, महासचिव प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्ष द्वारिका काफ्लेलगायतको टोलीले फोटो पत्रकारहरूका साझा समस्या अवगत गराउँदै ज्ञापनपत्र बुझाएको हो।

मन्त्रिपरिषदमा पुगेको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था यथाशीघ्र पारित गर्नुपर्ने, सरकारद्वारा आयोजना गरिने महत्त्वपूर्ण सार्वजनिक कार्यक्रममा फोटो पत्रकारहरूलाई सहज पहुँचको व्यवस्था गरिनुपर्ने र सरकारले फोटो पत्रकारको क्षमता अभिवृद्धिका निम्ति तालिमको व्यवस्था गर्नुपर्ने विषय ध्यानाकर्षणपत्रमा उल्लेख छन्।

त्यस्तै, सञ्चारगृहहरूले फोटो पत्रकारहरूलाई एकतर्फी रूपमा निष्कासन गर्ने, राजीनामा गर्न दबाब दिने, समयमा मासिक पारिश्रमिक नदिनेजस्ता कार्य रोक्न सम्बन्धित निकायमार्फत निर्देशन दिन क्लबले ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्र बुझेपछि मन्त्री शर्माले श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिकको विषय मन्त्रालयले क्याबिनेटमा लगिसकेको जानकारी दिइन्।

‘क्याबिनेटले पूर्वाधार समितिमा पठाएको छ। समितिको संयोजक अर्थमन्त्री हुनुहुन्छ। बजेटको चटारो आदिका कारणले होला बैठक डाक्न सक्नुभएको छैन। मैले छिटो गरौँ भनिरहेकी छु,’ उनले भनिन्, ‘बरु यताबाट हामीले गरेको प्रस्तावअनुसार हुन्न भने कति गर्ने हो त रुपैयाँ घटाउने–बढाउने के गर्ने छलफल गरौँ।’