१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीमा अन्तर्राष्ट्रिय लरेट एन्ड लिडर्स शिखर सम्मेलनको तयारी

१० वटा कार्यपत्र प्रस्तुत गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:३३:oo

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गर्न लागिएको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय लरेट एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा यही फागुन २८ र २९ गते हुने शिखर सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका विभिन्न राष्ट्रका उच्च तहका सरकारी व्यक्तित्वहरू, नोबेल शान्ति तथा अन्य विधामा पुरस्कार विजेताहरू सहभागी हुनेछन्।

त्यस्तै, सम्मेलनमा संयुक्त राष्ट्र संघीय निकायका प्रमुख वा प्रतिनिधि, विश्वव्यापी व्यावसायिक नेताहरू, विश्वव्यापी नीति निर्माताहरू विपन्नताबाट माथि उठेका अनुभवी युवा, युवा नेताहरूको सहभागिता रहने आयोजक लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिखर सम्मेलनमा बालबालिकाको समग्र हित, दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। सम्मेलनमा १० वटा कार्यपत्र प्रस्तुत हुनेछन्। ती कार्यपत्रमाथि गहन छलफल गरी निष्कर्ष प्रस्तुत गरिने छ।

लुम्बिनी प्रदेश सरकारले आव ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा बुद्ध जन्मस्थलमा अन्तर्राष्ट्रियस्तरको ‘लरेट एन्ड लिडर्स शिखर सम्मेलन’ आयोजना गर्न आवश्यक व्यवस्था मिलाउने उल्लेख गरेको थियो।

केन्द्र सरकार मन्त्रिपरिषदबाट स्वीकृतिपछि सम्मेलनको तयारीमा जुटेको प्रदेश सरकारले ६ करोड ५० लाखभन्दा बढी बजेट विनियोजन गरेको थियो। तर, सम्मेलनमा प्रदेश सरकारको दुई करोडभन्दा बढी खर्च नगर्ने गरी तयारीमा जुटेको मुख्यमन्त्री चौधरीले बताएका छन्।  लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ।

ad
ad