१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
एक सातादेखि आन्दोलनमा उत्रिएका स्वर्गद्वारी गुठीका मोही किसानले मंगलबार घोराही बजारमा खाली खुट्टा गरेको प्रदर्शन । तस्बिर : दीपक बोहरा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३३:oo

स्वर्गद्वारी गुठीपीडित मोही किसानसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरेको हो। 

समितिमा जिल्ला प्रशासन कार्यालय, दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय घोराही दाङका प्रमुख मालपोत अधिकृत तथा गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एक-एकजना प्रतिनिधि सदस्य छन्। 

समितिलाई गुठीपीडित किसानले उठाउँदै आएको समस्याको समस्याको वस्तुस्थिति, यस विषयसँग सम्बन्धित सम्मानित सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलको आधारमा विद्यमान समस्या समाधानका लागि मन्त्रालयलाई कानुनसम्मत, व्यावहारिक र कार्यान्वयनयोग्य सुझावहरू प्रस्तुत गर्न भनिएको छ। 

मन्त्रालयका प्रवक्ता रहेका सहसचिव गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा आन्दोलनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरी वार्ताबाट समस्याको समाधान गर्न अग्रसर हुन संघर्षरत पक्षलाई मन्त्रालयले आह्वान गरेको छ। 

विज्ञप्तिमा गुठीपीडित संघर्ष समितिबाट विगत केही दिनदेखि दाङको घोराहीमा भइरहेको आन्दोलनप्रति भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। 

‘यस विषयप्रति संवेदनशीलता देखाउँदै मन्त्रालयले स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्तास्रेस्ता कायम भई दाङमा रहेको जग्गामा आश्रम र संघर्ष समितिबीचको समस्या समाधानको लागि ठोस पहल थालिसकेको छ। यसको लागि मन्त्रालयले आजै मन्त्रालयका सहसचिव श्री कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।