मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा इजरायली आक्रमणबाट ३० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको संख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बिहीबार बताएका छन्।

गत २४ घण्टामा इजरायली लडाकु विमान र तोपखानाले गाजापट्टीका विभिन्न क्षेत्रमा गरेको आक्रमणका कारण दर्जनौँको मृत्यु भएको र गाजास्थित अस्पतालमा लगिएको स्रोतले सिन्ह्वासँग बताएको छ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको संख्या ३०  हजारभन्दा बढी पुग्नुका साथै ७० हजारभन्दा बढी घाइते भएको बताइएको छ।

सात अक्टोबर २०२३ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ। जसमा करिब एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सयभन्दा बढीलाई बन्धक बनाइएको थियो। रासस