मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १५:२६:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दुधको भुक्तानी माग्दै किसान सडकमा [फोटोफिचर]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२६:oo

मकवानपुरका दुग्ध उत्पादक किसानले लामो समयदेखि दुधको भुक्तानी नपाएको विरोधमा बिहीबार हेटौँडामा प्रदर्शन गरेका छन्। 

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा किसानले प्रदर्शन गरेका हुन्। 

उनीहरूले हेटौँडा बजार छिर्ने चारवटा मुख्य नाकाबाट प्रदर्शन गर्दै हेटौँडाको मुख्यचोक बुद्धचोकमा भेला भई राजमार्ग बन्द गराएका थिए। 

जिल्लाको विभिन्न पालिकाबाट आएका किसान बुद्धचोकमा जम्मा भई विभिन्न ब्यानर तथा प्लेकार्डसहितको र्‍याली प्रदर्शन गर्दै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअघि पुगेर धर्ना दिएका थिए।

किसानले दुधको भुक्तानी तत्काल पाउनुपर्ने, दुध बिक्रीको ग्यारेन्टी गर्नुपर्ने, मिल्क होलिडको अन्त्य हुनुपर्ने, दुधको लागत मूल्य निर्धारण हुनुपर्ने, उत्पादनका आधारमा अनुदान पाउनुपर्ने, सहुलियत कर्जा पाउनुपर्ने, दुग्धजन्य पदार्थको निर्यातको प्रबन्ध गर्नुपर्ने, पशुधन संरक्षण कार्यक्रम लागू गर्नुपर्नेलगायतका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरूबाट ६ महिनादेखि भुक्तानी पाउन नसकेको बताए।

उनले यस अवधिमा करिब ६० करोड रुपैयाँ किसानले भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए। उनले केन्द्रीय दुग्ध सहकारी संघद्वारा घोषणा भएको आन्दोलनका कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै मकवानपुरबाट आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी पनि दिए। 

यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।